नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता « Khabarhub

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच आज भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो

अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताएका थिए ।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी विश्वमा पर्वतारोहणको इतिहासको थालनी गरेका थिए । हर्जोगले आफ्ना सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको पहिलो पटक सफल आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको भौगर्भिक परीक्षण (जियोलोजिकल सर्भे)का लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुईपक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

भेटमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको समेत सहभागिता थियो । महानगर फ्रान्स सरकारसँग अन्नपूर्ण सफाइ अभियानदेखि समग्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको नगरप्रमुख आचार्यले बताए ।

आजै जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीसँग महानगरप्रमुख आचार्यको भेटवार्ता भएको महानगरपालिका कार्यालयले जनाएको छ । भेटमा पोखरा र जापानका बीचमा लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान, पोखरामा जापान सरकारको तर्फबाट सञ्चालित परियोजना र उपलब्धिलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ९ : ०६ बजे

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी

करिव सात करोड लागत जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ– कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी

अपाङ्गता भएकालाई विपद पूर्वसूचनाबारे सिकाइँदै

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद

हर्कराज राईले मागे प्रधानमन्त्री बालेनको राजीनामा

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

गण्डकी– हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण