पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा  « Khabarhub

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक अवधिमा आम्दानी र मुनाफा घटेको छ ।

टेलिकमका अनुसार,  चालू आवको प्रथम त्रैमासिकसम्म कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार  रहेको थियो । उक्त रकम गत आवको सोही त्रैमासिकको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो त्रैमासको तुलनामा टेलिकमको ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले आम्दानी घटेको छ । त्यस्तै चालू आवको खुद मुनाफा  १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ ।

उक्त रकम गत आवको सोही अवधिको  खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । जुन नाफा गत आवको तुलनामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले नाफामा कमी आएको हो ।

चालू आव को कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ।  उक्त रकम गत आ.व। को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्व ५८ करोड ५० लाख ६३ हजारको तुलनामा ९ करोड ५१ लाख २२ हजारको (अर्थात्  १.११ प्रतिशत) ले बढेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ३२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको