श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दल दुईतिहाइनजिक « Khabarhub

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दल दुईतिहाइनजिक


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वाम दल सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित निकालेको छ।

अहिलेसम्म वाम दल एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत अर्थात ६८ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा अहिलेसम्म १३७ सिट जितेको मिडिया रिपोर्टमा उल्लेख छ ।

२२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ । यहाँ विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ३५ सिट जितेको छ ।

पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल ४३ सिट जितेको छ ।

महिन्दा र गोतबया राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले दुई सिट जितेको छ।

सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट प्राप्त गरेको विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ५१ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा