सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर | Khabarhub Khabarhub

सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले यही बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।

मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएका सबैको सजाय आगामी मंसिर १० गते निर्धारण गरिने विशेष अदालतले जनाएको छ।

अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन बनाउन ठेक्का आह्वान गरेको थियो।

तर, यसबारेमा उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिका कार्यालय नसार्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।

उच्च अदालतको आदेश अवज्ञा गर्दै मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो ।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : १९ बजे

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः मन्त्री अधिकारी

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित

कोलम्बो – श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)

इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन्

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न