पूर्वपत्नीलाई धम्की र दुई सम्पादकमाथि आक्षेप लगाउँदै रवि लामिछानेले लेखे यस्तो टिप्पणी | Khabarhub Khabarhub

पूर्वपत्नीलाई धम्की र दुई सम्पादकमाथि आक्षेप लगाउँदै रवि लामिछानेले लेखे यस्तो टिप्पणी


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएका टिभी प्रस्तोता रवी लामिछानेले पूर्वपत्नी इशा लामिछानेलाई धम्की र दुई सम्पादकलाई खुला चुनौती दिएका छन्।

आफ्नो बारेमा पटक पटक समाचार लेखेको भन्दै पत्रकार सालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा छुटेपछि लामिछानेले अनलाइन खवरका सम्पादक अरुण बरालबिरुद्ध खनिएका छन्।

जनआस्थाबाट बरालले पत्रकारिता सुरु गरेकै कारण गुरुलाई दक्षिणका रुपमा आफूलाई प्रयोग नगर्न भन्दै फेसबुकमार्फत गम्भीर आक्षेप पनि लगाएका छन। लामिछानेले प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका जनआस्थाका सम्पादक किशोर श्रेष्ठको लागि दक्षिणका रुपमा बरालले आफूलाई प्रयोग गरेको आशयमा आरोप लगाएका छन्।

एक जरुरी टिप्पणी भन्दै लामिछानेले लेखेका छन, ‘सम्पादक अरुण बरालजी, मलाई थाहा छ, तपाईं जनाआस्थाबाट पत्रकारिता गर्न शुरु गर्नुभएको ब्यक्ति हो । तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान । के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र ?’ यस्तै पूर्वपत्नी इशालाई अव थप पीडा नदिन भन्दै चेतावनी दिएका छन । ‘

कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादकज्यू । जिब्रो टोकेर फर्किनु हुनेछ । कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन,’ रविले आफ्नो फेसबुकमा लेखेका छन ।

रविको फेसबुक स्टाटस

एक जरुरी टिप्पणी :
अनलाइन खबर डटकम बारम्बार मेरो बितेको कुरा कोट्याउँछ । कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ । कहिले छोरीहरुलाई हेरेन भन्छ । न मसँग वास्तविकता सोध्छ । एकोहोरो आरोप छाप्छ । बितिसकेको जीवनबारे मैले आजिवन जवाफ दिएर बस्ने ? सम्पादक अरुण बरालजी, मलाई थाहा छ, तपाईं जनाआस्थाबाट पत्रकारिता गर्न शुरु गर्नुभएको ब्यक्ति हो । तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान । के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र ? मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराएँ ? मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न ।

हिजो रातीसम्म पनि म मेरि छोरीसँग कुरा गरिरहेको छु । ईशाका दाइसँग २ हप्ता अघि भेटेकै छु । मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी । भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन । समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ । म हिरासतमा हुँदा ईशाजी केही पत्रकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो । आज फेरि किन रङ फेर्नु भएको हो ? उहाले थाहा छैन । सायद केही वाहवाहीको लोभ लागेर हुन सक्ला । ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनुहुन्थ्यो, आज पनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ ।

अरुणजीको अनलाइन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ, पहिला पनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो । कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादकज्यू । जिब्रो टोकेर फर्किनु हुनेछ । कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन । अब यही खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ । त्यसपछि उहाँहरुको नेटवोर्कका सारा अनलाइनमा जान्छ । यति धेरै किन पछि लाग्नु हुन्छ ? तपाईको सम्पादकीय क्षमता मेरा विरुद्ध नै खर्चने हो आजीवन ? अब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला । अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन ।

कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादकज्यू । जिब्रो टोकेर फर्किनु हुनेछ । कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन

अर्को कुरा,भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासतबाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजीलाई ? के यी सब कुराका लागि उपयुक्त मौका यही थियो ? मैले गलत गरे कानुन छैन ? छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो, जुन कुरा उहाँलाई, उहाँका दाईलाई र मेरा छोरीहरुलाई थाहा छ । कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बरालजी । कार्यक्रम निर्माणमा गल्ती भए, कन्टेन्टमा कुरा गरौं । पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौं र महिलाले पनि मिडियाबाजी बन्द गरौं । वास्तविकता त्यो होइन, जुन भनियो र लेखियो । हैरान गर्ने पनि सिमा हुन्छ ।

कोही देशभरी मुद्धा हाल्ने अभियानमा लाग्ने, कोही पुराना कुरा उचाल्ने !! सरहरुको अरु काम छैन होला, तर प्लिज मलाई यति धेरै दुःख नदिनुस । हामी सबै आ–आफ्नो संसारमा खुशी छौं । ईशाजी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु । छोरीहरुसँग प्रायः हरेक दिन कुरा हुन्छ । तपाईंलाई चाहिँ अब के चाहियो ? म आजबाट कार्यक्रम शुरु गर्दैछु । त्यसमा चाहिँ केही भए लेख्नु होला । नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला । यो अपिल ईशाजी, अरुणजी लगायतका जीहरुलाई । धन्यवाद ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ३० बजे

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी

सहरी विकास मन्त्रीको एक वर्ष : नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

काठमाडौँ– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको

चिनियाँ रेडक्रसले रसुवाका बाढीपीडितलाई पठायो सहयोग

काठमाडौं- चिनियाँ रेडक्रस सोसाइटीले रसुवाका बाढी प्रभावितहरूका लागि एक लाख