युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान « Khabarhub

युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

किएभ – जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिएका छन् ।

पश्चिम र युक्रेनले रूसको कुस्र्क सीमा क्षेत्रमा पहिलेदेखि नै उत्तर कोरियाली सेना तैनाथ रहेको बताइरहेका समय प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि ताकेशी इवायाले युक्रेन भ्रमण गरेका हुन् ।

उत्तर कोरियाले मस्कोलाई समर्थन गरेको भन्दै जापानले पनि प्योङयाङको निन्दा गरेको छ ।“यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,” इवायाले भने।

“हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौं। मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गरेका छन् । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरू माथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ ।

उनले भने , “जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत् छ ।” इवायाले टोकियो र किएभका लागि युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग ‘द्विपक्षीय उच्चस्तरीय सुरक्षा नीति वार्ता’ गर्न सहमत भएको बताए ।

सिबिगाले उत्तर कोरियाली सेना युक्रेन द्वन्द्वमा प्रवेश गर्नु भनेको ‘युक्रेनमा युरोपेलीको मात्र नभई विश्वव्यापी सुरक्षा संरचनाको भविष्य पनि तय भइरहेको प्रमाण हो’ भनेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : २८ बजे

गायक यम बराल अस्पताल भर्ना

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर

विवादित सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन तनाव चर्कियो

टोकियो- पूर्वी चीन सागरस्थित विवादित सेन्काकु टापुनजिक चिनियाँ तटरक्षक जहाज प्रवेश

अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई

ललितपुरमा बाटो हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप

काठमाडौं- ललितपुरमा बाटो हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध

मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत्

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा अधिकांश नीतिगत दर,