सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद « Khabarhub

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा नेता साउदले सहकारी बोर्डले प्रभावकारी रुपमा नियमन गर्न नसक्दा रकम अपचलनका घटनाले प्रश्रय पाउँदैगएको बताए ।

उनले सहकारीमाथिको विश्वास बचाई राख्नका लागि इमान्दारिताको आवश्यकता रहेको बताए । सहकारीको क्षेत्र निर्धारण गर्दा बैङ्कसँग समानान्तर नहुने गरी कार्य गरिनुपर्ने नेता साउदले उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सहकारी अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताए । केही सहकारीले विकृति ल्याउँदा इमान्दारिपूर्वक कार्य गरिरहेका सहकारीलाई साख जोगाउन अप्ठेरो परेको उनले बताए ।

सहकारीले सर्वसाधारणको जीवनस्तर माथि उकास्ने कार्यदेखि उद्यमशीलतामार्फत रोजगारी सृजना गरी सामाजिक रुपान्तरणको क्षेत्रमा अहम् भूमिका खेलेको उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १० : ५६ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले