अंगारले छाला चम्किलो बनाउने घरेलु तरिका यस्तो « Khabarhub

अंगारले छाला चम्किलो बनाउने घरेलु तरिका यस्तो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आगोको कोइला अर्थात् अंगार कालो हुन्छ भन्ने सवैलाई थाहा छ । तर, त्यही कालो अंगारभित्रको सेतो विशेषताबारे जो कोहीलाई थाहा नहुन सक्छ । दाँत चम्काउन मात्र होइन छाला चम्किलो बनाउन पनि अंगार विशेष मानिन्छ ।

यसको प्रयोग जापानबाट थालिएको बताइन्छ । जापानमा अंगारको प्रयोग सफा र चम्किलो छाला बनाउन, ब्युटी इन्ग्रेडियन्टका रुपमा प्रयोग गरिन्छ ।

अंगार दुई किसिमको हुन्छ । एउटा कच्चा जुन दाउरा बालेर बचेको कोइला हो । यसले छालालाई कालो र फोहोर बनाइदिन्छ । अर्को एक्टिभेटेड अंगार, जुन कार्बनको प्रशोधित रुप हो । यसको प्रयोग क्लिन्जर, फेस मास्क, स्क्रब तथा साबुनको रुपमा हुन्छ । छालाका कतिपय समस्या समाधान गर्न एक्टिभेटेडले मद्दत गर्छ ।

अनुहारमा ब्ल्याकहेडको समस्या छ भने यसको प्रयोग गरी ब्ल्याकहेड रिमुभल स्ट्रिप लिन सकिन्छ । यसले अनुहारको भित्रसम्म पुगेर ब्ल्याकहेडलाई जरैदेखि उन्मूलन गर्छ ।

यति मात्र होइन, राम्रो क्लिन्जिङ प्रोपर्टीका कारण चारकोल बेस्ड प्रोडक्टहरु पोतो तथा डन्डीफोर हटाउन पनि उपयोगी हुन्छन् । यसले छालालाई बाहिरबाट मात्र नभई भित्री छिद्रसम्म पुगेर सफा गर्ने हुँदा अनुहारको चमक बढाउँछ ।

हरेक राति अंगारको पेस्टले फेसवास गर्दा छाला भित्रैदेखि सफा र प्रदूषणमुक्त रहन्छ । टक्सिनजस्तै, मयल र तेलका लागि पनि यो निकै उपयोगी मानिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी