लाग्यो उपनिर्वाचन : कीर्तिपुर नगरपालिकामा धमाधम उम्मेदवारी « Khabarhub

लाग्यो उपनिर्वाचन : कीर्तिपुर नगरपालिकामा धमाधम उम्मेदवारी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि धमाधम उम्मेदवारी दर्ता भइरहेको छ।

काठमाडौंको कीर्तपुर नगरपालिकामा सबैभन्दा पहिले साना दलहरूको उम्मेदवारी परेको छ ।

नगरपालिकाको मेयरका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी नयाँ शक्तिका दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरि नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले पनि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी वडा नम्बर ४ को अध्यक्षका लागि महेश्वर सुवेदीले उम्मेवारी दिएका छन् । वडा नम्बर १ का लागि कृष्णप्रसाद महर्जनको उम्मेदवारी परेको छ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मनोनयन दर्ता गराएको छ । राप्रपाबाट मेयरमा ध्रुव मर्जहनले उम्मेदवारी दिएका छन् । राप्रपाबाट वडा नं. ४ मा विजय बस्नेत र वडा नम्बर १ मा सुरेन्द्र प्रसाद उप्रेती को उम्मेदवारी परेको छ।

त्यसैगरी कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धले मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट वडा १ को अध्यक्षका लागि हर्ष महर्जन र वडा ४ को अध्यक्षका लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ०२ बजे

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन

नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय