उपनिर्वाचनको मनोनयन : ठूला दल जुलुससहित, साना र स्वतन्त्र एक्लै (तस्बिरहरू) « Khabarhub

उपनिर्वाचनको मनोनयन : ठूला दल जुलुससहित, साना र स्वतन्त्र एक्लै (तस्बिरहरू)


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार देशका ४४ वटै स्थानमा मनोनयन हुँदैछ ।

काठमाडौं उपत्यकाभित्र कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवारी दर्ताका क्रममा साना-ठूला दलदेखि स्वतन्त्र उम्मेदवारहरूको पनि उम्मेदवारी परेको छ ।

ठूला दलले मनोनयनमा जाने क्रममा उम्मेदवारलाई खादा र मालासहित जुलुस पनि निकालेका छन् ।

उनीहरूले त्यसक्रममा आफ्नै उम्मेदवारले जित्ने दाबी गरेका छन् । कीर्तिपुरमा कांग्रेसबाट निर्वाचित मेयरको निधनपछि उपनिर्वाचन हुँदैछ ।

त्यहाँका वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन हुँदैछ । त्यसका लागि जसपा नेपालले तेस्रो लिङ्गीलाई मैदानमा उतारेको छ । कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : २० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली