के छ चलचित्र ‘कबड्डी ३’ को ट्रेलरमा? « Khabarhub

के छ चलचित्र ‘कबड्डी ३’ को ट्रेलरमा?


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक गरिएको छ । पहिले फिल्म रिलिज गरिने भनिएको मितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दयाहाङ राई र उपासनासिंह ठकुरीको प्रेम देख्न सकिन्छ । कुनै हिमाली गाउँको गुरुङ समुदायको कथा रहेको फिल्ममा कर्मा, बुद्धि तामाङ, विल्सनविक्रम राई, माओत्से गुरुङ, प्रकाश गुरुङ, रिश्मा गुरुङ, विज बराल, कविता आले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

उपासना सिंह ठकुरी र दयाहाङ राईको वरिपरि घुमेको ट्रेलरमा उपासना र दयाहाङको एकअर्काप्रतिको आकर्षण देखाइएको छ भने यसअघिका सिरिजमा शीर्ष भूमिका रहेकी रिश्मा गुरुङलाई ट्रेलरमा छैनिन् ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मको स्किृप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । असोज ३ गतेदेखि देशभरका हलमा रिलिज हुने यो फिल्मका अघिल्ला दुई सिरिज सुपरहिट भइसकेका छन् ।

चलचित्रलाई मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : १९ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी