कीर्तिपुरमा रास्वपाको साथ स्वतन्त्रलाई, यी हुन् अरु २६ स्थानमा प्रतिस्पर्धी (सूचीसहित) « Khabarhub

कीर्तिपुरमा रास्वपाको साथ स्वतन्त्रलाई, यी हुन् अरु २६ स्थानमा प्रतिस्पर्धी (सूचीसहित)


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी दिएन ।

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले कीर्तिपुरको मेयर तथा वडा नम्बर ४ र १ अध्यक्षमा पनि उम्मेदवारी नदिएको हो ।

रास्वपाले कांग्रेसका वडाअध्यक्ष मुकुन्द रिजालको निधनपछि खाली भएको काठमाडौं वडा नम्बर १६ मा भने उम्मेदवारी दिएको छ । जहाँ रास्वपाले रोजिना श्रेष्ठलाई टिकट दिएको छ ।

रास्वपाले कीर्तिपुरमा कुनै एक स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ । रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने भने पनि तीनै पद खाली छाडेको हो।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव महर्जन मैदानमा छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका दिलकुमार महर्जनको पनि उम्मेदवारी परेको छ ।

रास्वपाले देशभरका ४४ स्थानमध्ये २६ स्थानमा उम्मेदवारी दिएको छ । ४४ मध्ये २ स्थानमा जिल्ला समन्वय समितिको चुनाव हुन्छ । रास्वाले बाँकी १६ स्थानमा उम्मेवारी खडा गरेको छैन ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : ४७ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक