फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी 'ट्रु डर्मा' | Khabarhub Khabarhub

फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी ‘ट्रु डर्मा’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एउटा नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी ‘ट्रु डर्मा’ नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।

फोर्ब्स इन्डियाको प्रतिष्ठित डिग्लोबलिस्ट डिजेम्स सन्‌ २०२४ को २०० सूचीमा उत्कृष्ट कम्पनीहरूमा ‘ट्रु डर्मा’ नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।

प्रतिष्ठित सूचीमा रहेको ‘ट्रु डर्मा’ एक अग्रणी नेपाली स्किनकेयर ब्राण्ड हो । जसले भारतको प्रतिस्पर्धात्मक बजारमा एक विशेष स्थान बनाउन सफल भएको छ।
सुशान्त मुरार्काद्वारा स्थापित र दीपक जयसवालको सह-स्थापनामा बनेको ‘ट्रु डर्मा’ले नेपाली कम्पनीले भारतको बजारमा प्रवेश गरिसकेको छ ।

भारतमा आफ्नो उपस्थिति मजबुत बनाएकाले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिने नेपाली कम्पनी ‘ट्रु डर्मा’ नेपाली स्किन केयरले बताएको छ । नेपाली कम्पनीको प्रतिनिधित्व ‘ट्रु डर्मा’को यात्रा नेपाली उपभोक्ताहरूमाझ विशेष पहिचान बोकेर बसेको दाबी छ ।

शरीरको मुलायम अंग छालालाई संरक्षण गर्ने वस्तु उत्पादन गरेको थियो । गुणस्तर र ग्राहक केन्द्रितता वस्तु उत्पादन गरेको थियो ।

मुरार्का र जयसवालले आफ्नो उत्पादनलाई भारतीय बजारमा विस्तार गरिसकेका छन् । भारतीय उपभोक्ताको रुची बुझ्दै र डिजिटल मार्केटिङलाई सही ढंगले उपयोग गर्दै, ‘ट्रु डर्मा’ले सफलतापूर्वक प्रवेश गरिसकेको छ ।

तर यसलाई विश्वासिलो ब्राण्डको रूपमा स्थापित पनि भयो । भारतमा ठूलो सफलता रणनीतिक प्रक्षेपणदेखि अमेजनजस्ता प्लेटफर्महरूमा लोकप्रियता हासिल गरिसकेको छ ।

सामाजिक सञ्जालहरूमा चर्चित व्यक्तिहरूको समर्थनको उपयोग गरेर ‘ट्रु डर्मा’ले एक नेपाली कम्पनी विदेशी बजारमा विस्तार गर्न सफल भएको छ ।

‘यो उपलब्धि नेपाली उद्यमशीलतालाई विश्वभर फैलाउने अवसरको रुपमा लिइन्छ’ मुरार्काले भने ‘ऐतिहासिक उपलब्धि ‘ट्रु डर्मा’को डिग्लोबलिस्ट डिजेम्स २०० मा समावेश हुनु यसको संस्थापकहरूको दूरदृष्टि, दृढता रहेको छ ।’

उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत बन्न सक्ने र योजना र नवीनतासँग स्थानीय ब्राण्डहरूले विश्वव्यापी पहिचान प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

दुई नेपाली युवा मुरार्का र जयसवालले नेपाललाई अन्तर्राष्ट्रिय बजामा चिनाएका छन् । कम्पनीलाई नयाँ उचाइमा पुर्‍याएका छन् । नेपाली उद्यमशीलताको शक्ति विश्वव्यापी रूपमा प्रदर्शन गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ०६ बजे

बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय

काठमाडौं– सत्तापक्षीय राजानीतिक दलहरुको बैठकले सरकारले जेठ १५ गते सङ्घीय

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन,

एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार