मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण « Khabarhub

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उत्तरप्रदेश– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन् ।

विश्व हिन्दु परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी-बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । 

उनले विवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय रहेको बताए। ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्वपूर्ण रहेको बताए। उनले विवाहपञ्चमीको महत्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । 

आज भएको तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य रूपा यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत दुई ५१ जनाको टोली अयोध्या आएको छ ।

 जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ ।

यही मङ्सिर २१ गते जनकपुरधाममा रामजानकी विवाहपञ्चमी हुँदैछ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ५५ बजे

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा

दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको