भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण | Khabarhub Khabarhub

भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले लामो दूरीमा प्रहार गर्न सक्ने हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले यस ठूलो सफलताको औपचारिक पुष्टि गर्दै यसलाई देशका लागि ऐतिहासिक भनेका छन् ।

लामो दूरीको यस हाइपरसोनिक मिसाइलले १५ सय किलोमिटर परसम्म निशाना साँध्न सक्छ । यस मिसाइलमार्फत भारतले हावा, पानी र जमीन तीनै स्थानबाट दुश्मनमाथि प्रहार गर्न सक्ने भएको छ ।

हाइपरसोनिक मिसाइल बनाउनका लागि रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले लामो समयदेखि काम गरिरहेको थियो ।

सन् २०२० मा डीआरडीओले एक हाइपरसोनिक प्रविधि डेमोन्स्ट्रेटेड व्हिकल (एचएसटीडीभी) को सफल परीक्षण गरेको थियो ।

अब हाइपरसोनिक मिसाइलको सफल परीक्षणपछि भारत उच्च प्रविधिसहितको हतियार भएका देशको श्रेणीमा दरिन सफल भएको छ ।

हाइपरसोनिक मिसाइल आवाजको गतिभन्दा पाँच गुणा तीव्र गतिमा आफ्नो लक्ष्यमा पुग्न सक्छ ।

अर्कातिर सबसोनिक मिसाइल ध्वनिको गतिलाई उछिन्न सक्दैन । अर्कातिर सुपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा तीन गुणा तीव्रताका साथ गन्तव्यमा जान्छ।

भारतका सेवानिवृत्त रक्षा विशेषज्ञ एयर कमोडोर डा. अशमिंदर सिंह बहलले पहिलो हाइपरसोनिक मिसाइल आकाशमा करिब १०० किलोमिटर माथिसम्म जाने बताएका छन् । यसको अर्थ भारतको पहिलो हाइपरसोनिक मिसाइल वायुमण्डलभन्दा माथि जान्छ ।

उनका अनुसार पृथ्वीबाट वायुमण्डल हुँदै अन्तरिक्षमा पुगेपछि हाइपरसोनिक मिसाइल क्रुज चरणमा जान्छ । त्यसपछि यसले पृथ्वीमा आफ्नो लक्ष्यतिरको यात्रा समात्छ ।

हाइपरसोनिक मिसाइलमा आणविक वार हेड लगाउन सकिनेबारेमा उनले अन्तरमहादेशीय र आणविक वार हेड दुवै लगाउन सकिने जवाफ उनले दिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ५७ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक