आइतबार ‘ह्रस्व दीर्घ’को व्यापारमा झिनो गिरावट | Khabarhub Khabarhub

आइतबार ‘ह्रस्व दीर्घ’को व्यापारमा झिनो गिरावट


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कलाकारको अभिनय रहेका कारण चर्चामा बटुलेको फिल्म ‘ह्रस्व दीर्घ’ले सुरुवाती दिनमा सुखद व्यापार गरेको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार सुरुवाती तीन दिन शुक्रबार, शनिबार र आइतबारमा यस फिल्मले २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको हो ।

वितरक मनोज राठीका अनुसार शुक्रबार फिल्मले ८० लाख, शनिबार १ करोड २० लाख र आइतबार ७५ लाखको व्यापार गरेको हो ।

अर्थात् फिल्मले सुरुवाती तीन दिन मध्ये आइतबार सबैभन्दा कम व्यापार ७५ लाख मात्रै गरेको हो ।

सोमबार (आज) सार्वजनिक बिदा भएकाले अकुपेन्सी उच्च रहेको राठीको भनाइ छ । उनी भन्छन्, ‘बिदाले गर्दा हलमा दर्शकको चाप उच्च देखिएको छ ।’

चन्द्र पन्त निर्देशित यस फिल्ममा भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय छ ।

त्यस्तै, नेपाली कलाकारहरूमा हरिहर अधिकारी, नीति ढुंगाना, सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल, रेखा थापालगायतको अभिनय छ ।

नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माता नीता स्वयम् हुन् । कथा भने हरिहरको हो । फिल्मको लगानी ६ करोड रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : २१ बजे

विधायन व्यवस्थापनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक

प्रतिनिधिसभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा  मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै 

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार