साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना « Khabarhub

साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल उद्योग वाणिज्य महासङ्घमा लघु, घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ। केन्द्रको उद्घाटन आज राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे ।

केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि, र तालिम प्रदान गर्नेछ । साथै, उद्यमीलाई सशक्त बनाउनका लागि बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन र व्यवसाय रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराउनेछ ।

 केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरण उपलब्ध गराउने महासङ्घले जनाएको छ । साथै, आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधार अपनाउन सहयोग गर्नेछ । केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, व्यापार मेला, प्रदर्शनी, र अन्य व्यापार प्रवर्द्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्नेछ ।

लघु, घरेलु, साना तथा मझौला उद्यम विकास केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन, र विपद् व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि उपलब्ध गराउनेछ । यसले व्यवसायसम्बन्धी समस्या समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्नेछ । 

केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, अनुमतिपत्र प्राप्ति, करसम्बन्धी जानकारी र सरकारी नियमको पालना गर्न सहयोग गर्ने महासङ्घको भनाइ छ । त्यस्तै, केन्द्रले नयाँ व्यावसायिक अवसरको पहिचान गर्न सहयोग गर्नेछ र उद्यमीलाई नवप्रवर्तन गर्न, अनुसन्धान गर्न, र आफ्नो व्यवसायमा नवीनता तथा प्रतिस्पर्धात्मक लाभ ल्याउन प्रोत्साहित गर्नेछ ।

साना, घरेलु, र मझौला उद्यमीहरूबीच अनुभव आदानप्रदान, साझेदारी, र सहकार्यलाई प्रोत्साहन गर्न पनि केन्द्रले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : १६ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र