‘ह्रस्व दीर्घ’का दर्शकमाझ भारतीय अभिनेता रावत (तस्बिरहरू) « Khabarhub

‘ह्रस्व दीर्घ’का दर्शकमाझ भारतीय अभिनेता रावत (तस्बिरहरू)


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार रिलिज भएको नेपाली कथानाक चलचित्र ‘हृश्वदीर्घ’का भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् ।

उनी नेपाल आएलगत्तै ‘ह्रस्व दीर्घ’का दर्शकसँग संवाद गर्न जुटेका छन् ।

चर्चित बलिउड फिल्म ‘गजनी’का खतरनाक भिलेन उनले सोमबार बिग मुभिजमा पुगेर दर्शकसँग संवाद गरे । रावतले पत्रकारलाई अन्तर्वार्ता पनि दिए ।

‘हृश्व दीर्घ’मा महामहन्तको भूमिका निर्वाह गरेका उनी श्रीमती कल्याणीसँगै नेपाल आएका हुन् । रावतले नेपालका अन्य सहरमा पनि गएर दर्शकसँग अन्तर्क्रिया गर्ने भएका छन् ।

नीता ढुंगाना र हरिहर अधिकारी अभिनित चलचित्र ‘हृश्व दीर्घ’ मा अन्य अभिनेता ब्रह्मानन्दन, सुनिल बर्मा, मोहम्मद अलीसहितको अभिनय छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार सुरुवाती तीन दिन शुक्रबार, शनिबार र आइतबार यस फिल्मले २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३३ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा