अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने « Khabarhub

अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री भागसम्म लामो दूरीको मिसाइल हान्ने अनुमति आइतबार युक्रेनलाई दिए ।

राष्ट्रपति पद सकिने समयमा बाइडेनले दुई वर्षदेखि जारी युद्धमा युक्रेनको पक्षमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । अमेरिकाको उक्त निर्णयपछि बेलायत र फ्रान्सले पनि युक्रेनलाई लामो दूरीको मिसाइल दिने बताएका थिए ।

तर रसियासँग युद्ध गरिरहेको युक्रेनलाई सघाउने कुरामा अमेरिकापछिको बलियो साझेदार जर्मनीले भने लामो दूरीको मिसाइल नदिने भएको छ।

जर्मन सरकारका प्रवक्ताले उनको देश युक्रेनलाई लामो दूरीको मिसाइल नदिने पुरानै अडानमा यथावत रहेको बताएका छन् ।

जर्मन सरकारका प्रवक्तासँग सोधिएको प्रश्नमा उनले अमेरिकाले लामो दूरीको मिसाइल दिने निर्णय गरेपछि पनि आफूहरू पुरानै अडानमा रहेको बताए ।

जर्मन सरकारका प्रवक्ताले भने, ‘चान्सलरले पुरानो निर्णयमा कुनै परिवर्तन गर्नु भएको छैन, हामी लामो दूरीको मिसाइल दिँदैनौँ।’

अमेरिकापछि जर्मनी युक्रेनलाई दोस्रो ठूलो सैन्य सहयोग दिने देश हो । तर जर्मनीका चान्सलर ओलाफ शोल्त्सले युक्रेनलाई जर्मनीमा निर्मित लामो दूरीको टोरस मिसाइल नदिने निर्णय गरेका हुन् ।

अघिल्लो साता जर्मन चान्सलर ओलाफ शोल्त्स र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा वार्ता भएपछि विवाद चलिरहेको छ । युक्रेनले यस संवादप्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : १३ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी