देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री « Khabarhub

देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता हुनुअघि गृहमन्त्री रमेश लेखक बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ ६ बजेका लागि भेटवार्ता तय भइसकेपछि गृहमन्त्री लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

लेखकलाई देउवाले बोलाएका हुन् या उनी आफैं बूढानीलकण्ठ पुगेका हुन् खुलिसकेको छैन । यसबारेमा उनको सचिवालयका सदस्यसँग सोध्ने कोसिस गर्दा फोन सम्पर्क हुन सकेन ।

यद्यपि लेखक बूढानीलकण्ठ पुगेपछि प्रधानमन्त्री ओलीसँग देउवाको भेट कम्तीमा एक घण्टा पछाडि धकेलिएको थियो ।

कांग्रेस र एमाले दुवै दलले गठबन्धन सरकारमा कमजोर कार्यक्षमता भएका मन्त्रीहरूलाई हटाउने योजना बनाएका छन् । यस्तोमा गृह र अर्थमन्त्रालयमा पनि हेरफेरको चर्चा छ । दुवै दलले कमजोर कार्यक्षमता भएका कम्तीमा ३/३ जना मन्त्री हटाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाइ छ ।

मन्त्री हेरफेर प्रधानमन्त्री ‌ओली आगामी मंसिर १७ गते उत्तरी छिमेकी चीनको यात्रामा निस्किनुअघि नै गर्ने योजना दुई नेताले बनाएको स्रोतले उल्लेख गरेको छ । तर हटाउने सूचीमा रहेका मन्त्रीहरूबारे दुवै नेताले केही पनि खुलाएका छैनन् ।

यद्यपि देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका गृहमन्त्री लेखक गत असोज १२ गते काठमाडौं उपत्यकासहित देशका पूर्वी र मध्यभागमा बाढीले गरेको ठूलो धनजनको क्षतिपछि उद्धार र राहतमा बिफल भएको आरोप लाग्ने गरेको छ ।

काठमाडौं उपत्यकामै बाढीमा परेका नागरिकहरूको उद्धारमा तदारुकता नदेखएको भन्दै गृहमन्त्रीको कांग्रेसभित्रैबाट पनि आलोचन भएको थियो । एमाले र कांग्रेसका अन्य मन्त्रीको पनि कार्यक्षमतामा प्रश्न उठिरहेको छ । त्यहीकारण दुई नेताहरू कार्यक्षमतामा कमजोर सावित मन्त्रीहरू बिदा गरेर अरुलाई अवसर दिने योजनामा रहेको स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ३४ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका