क्रिकेटको अभ्यासका लागि अझै २–३ दिन अझै लाग्छ – महेन्द्र राई « Khabarhub

क्रिकेटको अभ्यासका लागि अझै २–३ दिन अझै लाग्छ – महेन्द्र राई


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र पोखरामा दक्षिण एसियाली खेलकुदको महासंग्राम साग आयोजना हुँदैछ । नेपालले आयोजना गर्ने १३ औं संस्करणको सागमा २७ खेल समावेश गराइएको छ । २७ मध्ये २६ खेल अहिले सागको अभ्यासमा व्यस्त छन् । तर, नेपाली पुरुष क्रिकेट टोलीको अभ्यास शुरु गर्न भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई हम्मेहम्मे भइरहेको छ ।

साउन १६ गतेदेखि सबै खेललाई अभ्यासमा बोलाएको राखेपले क्रिकेटका लागि अभ्यास स्थल टुङ्ग्याउन नसक्दा समस्या भइरहेको छ । राष्ट्रिय टोली तयारी समितिका संयोजक महेन्द्र कुमार राईले क्रिकेट टोलीको अभ्यास शुरु गर्न अझै केही दिन लाग्ने बताएक छन् ।

‘हामीले आजदेखि (सेप्टेम्बर १) देखि क्रिकेटको अभ्यास शुरु गर्ने बताएका थियौं । तर, अभ्यास स्थल नहुँदा समस्या भइरहेको छ । मुलपानीमा पनि समस्या रहेछ । अब हामी पोखराको मैदान अवलोकनका लागि जाँदै छौं,’ आइतबार पोखरा जाने तयारीमा रहेको बताएका राइले भने,‘यता नभएपनि हामीले पोखरामै भएपनि अभ्यास २–३ दिनमा शुरु गछौं ।’

राईले राखेप सदस्य सचिव रमेश कुमार सिलवाल पनि पोखरामै रहेको र त्यहाँको मैदान अवलोकन गरीरहेका कारण पनि क्रिकेटको अभ्यास आइतबारबाट शुरु हुन नसकेको बताएका छन् ।

सागकै अभ्यासमा रहेको नेपाली महिला टोली अहिले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । महिला टोलीले टियु मैदानमा र पुरुष टोलीले मुलपानी मैदानमा अभ्यास गर्ने गरी राखेपले तयारी गरेपनि मुलपानी मैदान तयार हुन नसकेपछि समस्या भएको राईले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १२ : ३२ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको