करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बाँकेको नरैनापुर गाउँपालिका-५ मटेहिया गाउँ बस्ने ४८ वर्षीय बाबुराम यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।  सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यसै गरी, ललितपुरको गोदावरी नगरपालिका-११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

छिमेकीको घर कम्पाउण्डमा रहेको एभोकाडोको फल झार्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरु अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १ : ४० बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा