तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो « Khabarhub

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : १३ बजे

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध