बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख | Khabarhub Khabarhub

बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् ।

आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंगलबार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षणमा पुगेका सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकासमा सोझै परेको बताए ।

 ‘तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’ उनले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भने, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्को सभामुखको रुपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने सभामुखको भनाइ छ ।

 ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ,’ उनले भने, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरै भन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’

सभामुख घिमिरे चार दिनको कार्यक्रम बनाएर आइतबार बिर्तामोड आएका थिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर सोही दिन साँझ पुनः झापा आएका थिए ।

आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकनमा निस्कनुभएका घिमिरेले सोमबार निर्माण तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गरेका थिए ।

सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ७ : ३८ बजे

सामान्य प्रशासनमन्त्री न्यौपानेको एक महिना : कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवासम्बन्धी

विराटनगरमा निकालियो श्रीकृष्णको परम्परागत नयाँ रथ यात्रा

काठमाडौं– भगवान् श्रीकृष्णको परम्परागत रूपमा यस वर्षदेखि नयाँ रथ यात्रा

प्रधानमन्त्रीले भने- बहुविवाहलाई मान्यता दिन लागियो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन्, यस्तो कुरा सोच्न पनि सकिँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले युवा परिचालन गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण

भारतीय विदेश सचिवसँग मन्त्री राणाले उठाइन् नयाँ हवाई रुटदेखि नेपाली सामान निकासीमा अवरोधसम्मका कुरा

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले