सोमबारको बिदाले ‘ह्रस्व दीर्घ’लाई राहत, पाँच दिनमा कमायो तीन करोड ६५ लाख « Khabarhub

सोमबारको बिदाले ‘ह्रस्व दीर्घ’लाई राहत, पाँच दिनमा कमायो तीन करोड ६५ लाख


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म मंगलबार पाँचौ दिनमा प्रदर्शनरत छ । आजसम्मको बक्स अफिस अकडा हेर्दा हलमा दर्शकहरुको उपस्थिति मध्यम रहेको पाइएको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्ट अनुसार सुरुवाती चार दिनमा यस फिल्मले तीन करोड ६५ लाख ग्रस कलेक्सन गरेको छ । दोस्रो दिन शनिबार फिल्मले सबैभन्दा बढी एक करोड २० लाखको व्यापार गरेको थियो ।

सोमबारको सार्वजनिक बिदाको प्रभाव फिल्मको बक्स अफिस कलेक्सनमा देखिएको छ । आइतबारको तुलनामा यस फिल्मले १५ लाख बढी अर्थात् ९० लाखको व्यापार गरेको वितरक मनोज राठीले बताए । आइतबार भने फिल्मले ७५ लाखको कलेक्सन गरेको थियो । फिल्मले पहिलो दिन शुक्रबार ८० लाखको व्यापार गरेको थियो ।

दर्शकको यही संख्याको उपस्थितिले भने लगानी ६ करोड पुग्न अझै तीन दिन लाग्ने देखिन्छ । यस फिल्मले घरेलु बजारबाट मुनाफा निश्चित गर्न कठिन देखिन्छ । जसका लागि फिल्मले कम्तीमा  १२ करोडभन्दा बढी व्यापार गर्नुपर्ने हुन्छ ।

यस फिल्ममा नीता र ज्योतिषी एवम् नायक हरिहर अधिकारी मुख्य भूमिकामा छन् । भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय रहेका कारण यस फिल्मले छायाङ्ककै क्रममा चर्चा बटुलेको थियो ।

फिल्ममा उनीहरुसहित सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल, गरिमा शर्मा, रेखा थापालगायतको अभिनय छ । चन्द्र पन्तले निर्देशन गरेको यस फिल्मको कथा हरिहरले लेखेका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : १६ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि