पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा | Khabarhub Khabarhub

पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं निर्वाचन आयोगले पुथा उत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका जगत धर्ती निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको भनाइ छ । 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रुकुम पूर्वी भाग जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका देहाय बमोजिमका व्यक्ति मात्र उम्मेदवार कायम भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’

 सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ०४ बजे

युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो

एजेन्सी– युगान्डाका प्रमुख विपक्षी नेता किज्जा बेसिग्येलाई बुधबार कम्पालास्थित सैनिक

‘माओवादी नेतृत्वमा इतिहासमै रेकर्ड हुने गरि भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ’

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

सहकारी ठगी प्रकरण : रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

काठमाडौं- सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र

अर्थसंक्षेप : ४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात, ९ अंकले बढ्यो नेप्से

काठमाडौं– चालू आर्थिक वर्ष (आव) २०८१–८२को पहिलो ४ महिनामा १२

शिक्षा ऐन निर्माणको तयारी : सभामुख घिमिरे

झापा– सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै