युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार « Khabarhub

युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले पहिलो पटक बेलायत र फ्रान्सले बनाएको मिसाइल रुसमा प्रहार गरेको छ । बुधवार बेलुका सो मिसाइल प्रहार गरिएको जनाइएको छ ।

मिसाइल प्रहार भएको घटनालाई बेलायती सञ्चार माध्यम तथा रोयटर्सले पुष्टि गरेका छन् । युक्रेनका रक्षा मन्त्री रुस्मत उमेरोभले सो प्रहारको घटनालाई स्वीकार गरेका छन् । यस विषयमा बेलायती रक्षा मन्त्रालय तथा फ्रान्सेली रक्षा मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

‘हामी हाम्रो देशको रक्षा गर्नका लागि आवश्यक पर्ने सबै कुरा गर्न सक्छौँ । तर, सबै कुरा जानकारी गराउन हामीलाई आवश्यक लागेको छैन,’ युक्रेनी रक्षा मन्त्री उमरोभले भने ।

एक रुसी ब्लग अनुसार रुसी गाउँ मारिनोमा मिसाइलका केही टुक्रा फेला परेको छ । त्यहाँका हतियार विशेषज्ञ ट्रेभर बेलका अनुसार टुक्रा मिसाइलकै भएको पुष्टि भएको छ ।

टेलिग्राममा बुधबाट पोस्ट भएको केही भिडियोका अनुसार पनि सो मिसाइल प्रहार भएको प्रस्ट हुन्छ ।

बेलायत र फ्रान्सले तयार गरेको सो स्टर्म स्याडो मिसाइलको क्षमता २५० किलोमिटरको छ ।

अमेरिकाले दिएको तथा युक्रेनले सुरुमै प्रहार गरिसकेको मिसाइलको भन्दा त्यसको क्षमता कम छ । कस्क क्षेत्रमा रुसले लगातार आक्रमण गरेपछि युक्रेनले त्यसलाई जोगाउन सो मिसाइल आक्रमण गरेको जनाइएको छ ।

मिसाइल प्रहार गर्न यसअघि अमेरिकाले ग्रिन सिग्नल दिएको थियो । त्यस पछि नै अमेरिकाले दिएको मिसाइल मङ्गलबार प्रहार गरिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ११ : ५७ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध