कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित « Khabarhub

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

धनगढी उपमहानगरपालिका– ११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् । चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँच वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन् ।

पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर ६ महिनामा ६ लाख बचत हुने उनको भनाइ छ । उनले भने, ‘हिउँदका ६ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ ।’

‘बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन,’ उनले भने, ‘प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।’ च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउँछन् । उनले भने, ‘यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।’ उनले च्याउखेती विस्तार गर्दै जाने योजना सुनाउने ।

यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेकी छिन् । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।’ च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ ।

च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक एक लाख बचत गर्दै आएको बताइन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १२ : ११ बजे

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो