एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता  « Khabarhub

एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता 


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा प्रविधिको प्रयोग बढेसँगै विभिन्न अनलाइन पेमेन्ट सिस्टमहरु प्रयोग गर्ने प्रयोगकर्ताहरू पनि बढ्दै गएका छन् ।

चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ३ लाखभन्दा बढी  वालेट प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा ३ लाख ३१ हजार ६ सय ९ जना प्रयोगकर्ता थपिएका हुन् । नेपालमा अहिलेसम्म वालेट प्रयोगकर्ताको सङ्ख्या भने २ करोड ४५ लाख ९६ हजार ९० पुगेका छन् । 

वालेटबाट मात्रै एक महिनामा २ करोड ८९ लाख २५ हजार ४ सय ३४ पटक कारोबार भएको छ । यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । भदौसम्ममा २ करोड ५२ लाख १ हजार १ सय २२ मोबाइल प्रयोगकर्ता रहेकोमा असोजमा भने ३ लाख १७ हजारले बढेर २ करोड ५५ लाख २४ हजार १ सय ८९ पुगेको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता पनि असोजमा ३९ हजार ७ सय ७ जना थपिएका छन् । 

यस्तै कनेक्ट आइपीएस प्रयोग गर्नेको सङ्ख्या पनि असोजमा १२ हजार ३ सय १९ ले थपिएर १२ लाख २७ हजार ४ सय ६७ पुगेको छ ।  यस्तै, एक महिनामा डेबिड कार्ड प्रयोग गर्नेको सङ्ख्या पनि ६४ हजार ३ सय ३४ थपिएको छ । योसंगै अहिलेसम्म डेबिड कार्ड प्रयोग गर्नेको सङ्ख्या १ करोड ३१ लाख ६१ हजार ४ सय ५९ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : ३७ बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल