‘भारतले नेपालमा नाकाबन्दी गरेको थिएन, सिमानामा अवरोध थियो’ « Khabarhub

‘भारतले नेपालमा नाकाबन्दी गरेको थिएन, सिमानामा अवरोध थियो’


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले वि.सं. २०७२ सालमा नेपालमा नाकाबन्दी नगरेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले २०७२ मा लगाइएको ६ महिने नाकाबन्दीबारे यस्तो टिप्पणी गरेका हुन् ।

नेपालमाथि भारतले नाकाबन्दी गरेको आरोप लगाए पनि त्यसमा सत्यता नभएको जिकिर उनले गरे । ‘हामीमाथि नेपालमा नाकाबन्दी लगाएको आरोप थियो । जुन सरासर राजनीतिबाट प्रेरिरत थियो’, उनले भने ।

नेपालका राजनीतिक दलको आन्दोलन र सीमामा अवरोधका कारण त्यस्तो अवस्था सिर्जना भएको जिकिर उनले गरेका छन् ।

‘नेपाल सधैँ विकसित होस भन्ने भारतले चाहना राखेको छ । हामीले त सपनामा पनि सोचेका थिएनौँ, नेपालमा खाद्य अवरोध होस भनेर, त्यतिबेला सीमामा भएको आन्दोलनको कारण रोकिएको थियो । भारतले सधैँ ठूलो हृदय देखाउनुपर्छ, यो समयको आवश्यककता हो’, उनले भने ।

नेपालका सडकमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन हुने विषय आफूहरूलाई सह्य नहुने उनले बताए ।

‘मेरो प्रधानमन्त्रीको पुत्ला काठमाडौंको सडकमा जलाइयो, अन्याय भयो भने हाम्रो पनि हृदयभित्र दर्द महशुस हुनु र हामीले त्यस्तो महशुस गर्नु स्वभाविक हो’, उनले भने, ‘आजको आवश्यककता नै सम्वाद हो । भारत यसमा कटिबद्ध छ । नेपाल पनि प्रतिबद्धत छ । सचेत छ । यो विषयमा न्याय गर्छ भन्ने मेरो विश्वास छ ।’

नेपाल र नेपाली मोटाप्रति आफ्नो उच्च सम्मान र लगाव रहेको पनि जोलीले सुनाए । ‘मलाई नेपाल आउने धेरै वर्षदेखि शौभाग्य मिलेको छ । नेपालमा लोकतन्त्रको बहालीको लागि र पिपुल टु पिपुल मित्रतालाई बढावा दिनको लागि नेपाल आउने सौभाग्य मिलेको छ’, उनले भने, ‘म जहिले नेपाल आउँछु, हवाईजहाजबाट उत्रिनेबित्तिकै नेपाली माटोमा हात लगाउँछु । त्यो माटो निधारमा लगाउँछु । नेपालको पुण्य भूमिलाई नमस्कार गर्छु । विजय जोली सायद अघिल्लो जन्ममा नेपालमा पैदा भएको थियो । त्यही भएर यत्रो प्रेम र लगाव नेपालको साथ छ ।’

उनले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भइसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गराए ।

‘सन् २०१५ मा जब नेपालमा भूकम्प आएको थियो, पहिलो सहयोग हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले नै घोषणा गर्नुभएको थियो । नेपालको लागि उद्धार, राहत र पूननिर्माणको लागि पहल गर्नुभयो । त्यहीअनुसार भारतबाट यहाँ राहत सामाग्री आए । औषधी, खाद्य सामाग्री, टेण्ट ल्याउनुभयो । त्यतिबेला एक हजार ५७७ हवाई उडान भरेर भारतबाट नेपालमा जहाज उत्रिएका थिए’, उनले भने, ‘मलाई याद छ कोभिड–१९ को समयमा पनि भारतले ठूलो सहायता गरेको छ । सन् २०२० मा ३३ हजार पिसिआर किट्स प्रदान सहायता भयो । सन् २०२१ मा कोभिशिल्ड खोप दश लाख नेपाललाई प्रदान गरिएको थियो ।’

उनले ५० लाख नेपाली जनता अहिले भारतमा रोजगारीका क्रममा रहेको तथ्यांक पेश गरे । उनीहरुको योगदानको कारण भारत अहिले सशक्त र बलियो बनेको जोलीले बताए ।

‘भारत र नेपालबीच सैनिक क्षेत्रमा पनि राम्रो साझेदारी छ । भारतका आर्मी चिफ पनि अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । राष्ट्रपतिबाट सर्वोत्तम उपाधिबाट सम्मान हुँदैछ । दुवै देशले सूर्यकिरण संयुक्त सैन्य अभ्यास गरिहेका छन्’, उनले भने ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ५ : ०८ बजे

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण