एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो « Khabarhub

एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न भ्रम फैलाइएको बताएका छन् ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउजाले अराजकता फैल्याएर देशलाई भड्खालोमा हाल्ने प्रयत्न भइरहेका बताए ।

विभिन्न खालका अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न एमालले सन्देश सभा आयोजना गरेको उनले स्पष्ट पारेका छन् ।

एमालेका नेता कार्यकर्ता देश बनाउने सङ्कल्पका साथ लागेका उनले स्पष्ट पारे ।

‘देशलाई समृद्धि बनाउन कसम आएर एमालेका नेता कार्यकर्ताहरू यो अभियानमा सामेल भएका छौँ, नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियानमा पूर्ण विराम लगाउन केही शक्ति लागेका छन्, त्यसका विरुद्ध यो जागरण सभा हो’, उनले भने ।

नेपाली जनतालाई कुनै पनि भ्रममा नपरी एमालेको पक्षमा लाग्न उनले आग्रह गरे । पपुलिजमको नारा लगाउने शक्तिको चुरीफुरी केही समय मात्र रहने बताउँदै उनले पपुलर कुरा गरेर मात्रै देश नबन्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : २४ बजे

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण