‘परालको आगो’मा सुहानाको अभिनय पक्का « Khabarhub

‘परालको आगो’मा सुहानाको अभिनय पक्का


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्ममा नायिका सुहाना थापा अनुबन्ध भएकी छन् ।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले र सुहनाबीच शुक्रबार सम्झौता भएको हो । फिल्मको शीर्षक भने ‘परालको आगो’ नै रहेको बताइएको छ ।

मैनालीको चर्चित कृतिमा आधारित फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको सुहानाले बताइन् । भनिन्, ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’

यस फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्ने बताइएको छ । निर्माता पोखरेलका अनुसार मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि फिल्म निर्माणको अनुमति दिएको हो ।

यही शीर्षकमा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए । यस पटक फरक स्थान, प्रस्तुतीकरण र पटकथाका साथ नयाँ स्वरुपको फिल्म निर्माण हुने निर्माता पोखरेलको दाबी छ ।

आगामी फागुनबाट छायाङ्कन सुरु हुने यस फिल्मको प्रदर्शन २०८२ को दशैंमा गर्ने योजनामा निर्माण पक्ष छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ४४ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ