कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज बिहान जुम्ला सदरमुकाम खलङ्गा बजारमा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफल सम्पन्न भएको छ । 

त्यस अवसरमा प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य भएको बताए। 

कर्णाली प्रदेशका दशवटै जिल्लाको समृद्धिको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकतामा जोड दिँदै उनले भने,– ‘जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी छ । हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ ।’ 

दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने मुख्यमन्त्रीले बताए। कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्लाको समृद्धिका लागि राजनीतिक पूर्वाग्रहलाई पन्छाएर सहकार्यमा जुट्नुपर्नेमा जोड दिए। सङ्घीय सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले जुम्लाको स्वास्थ्य, शिक्षा, यातायात र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो । 

बजेट विनियोजनमा समानुपातिकता कायम गर्न र योजनाहरूको कार्यान्वयनमा स्थानीय जनतालाई प्रत्यक्ष रूपमा समेट्ने गरी प्रदेश सरकारले काम गर्न जरुरी भएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। 

छलफलमा यहाँका आठवटै स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्य, सङ्घीय र प्रदेश मातहतका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १२ : ०३ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमाः सङ्कट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको