मिश्रित निर्वाचन प्रणाली संशोधन गर्न आवश्यक : डा.महत « Khabarhub

मिश्रित निर्वाचन प्रणाली संशोधन गर्न आवश्यक : डा.महत


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् । नेपाली काङ्ग्रेस बीपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा. महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्रनिर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहेका डा. महतले समावेशी सहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उक्त पुस्तक बीपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा. महतले बीपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए । महतले तत्कालीन समयमा बीपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गरे ।

विसं २०१२ मा बीपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सारेकाले कांग्रेसले बीपीको बाटोलाई छाड्न नहुने डा. महतले धारणा राखे । पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उनले सुझाव दिए ।

कांग्रेसले प्रजातन्त्रमा विश्वास राख्ने भएकाले पार्टीप्रति नेपाली आमजनताको विश्वास कायम रहेको बताउँदै उनले जनता केन्द्रित भएर विकास, निर्माण सबै लाग्नुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आफूलाई चिन्न नसक्दा पार्टी कमजोर हुँदै गएको बताए । कांग्रेसले आफ्नो पहिचान बिर्सन नहुने भन्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले कांग्रेस जनताको मालिक नभई सेवक भएर प्रस्तुत हुन उनको आग्रह थियो ।

डा. महतद्वारा लिखित उक्त पुस्तकका प्रमुख परिचर्चाकार प्राध्यापक डा. यादव शर्मा गौडेलले आर्थिक समानताले समाजको उत्पादन सम्भावनालाई उजागर गर्ने भएकाले आर्थिक वृद्धिको प्रमुख सर्तका रुपमा लिन सकिने बताए ।

पुस्तकमा विसं २०१५ सालपछि कांग्रेसको सरकार बनेपछि राणाहरुको सम्पत्ति सरलीकरण गर्नु, वन नीतिमा सुधार, वार्षिक बजेटमा विकासतर्फ ४७.६ प्रतिशत गरी वृद्धि, कृषिमा आत्मनिर्भरता, साना उद्योगहरुको विस्तार, भूमि सुधार, शिक्षा तथा स्वास्थ्यमा सुधार, यातायात, सञ्चार र पूर्वाधार विस्तारमा विकास भएको उल्लेख भएको जनाए । उनले त्यतिबेला पनि आर्थिक नीतिलाई सही आकार दिएको पुस्तकमा उल्लेख भएको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १२ : १२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद