माओवादी नेता पदम राईको निधन « Khabarhub

माओवादी नेता पदम राईको निधन


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री पदम राईको निधन भएको छ ।

केही वर्षदेखि पार्किन्सन रोगले थला परेका उनको ललितपुरमा निधन भएको हो । उनी तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र संघर्षलाई पूर्वी नेपालमा स्थापित गराउनेमध्ये एक नेता थिए ।

भोजपुरको षडानन्द नगरपालिकाको बोयाका राई शान्ति प्रक्रियापछि मन्त्री पनि भए । तर माओवादी विभाजित हुँदा उनी नेत्रविक्रम चन्दको नेकपामा लागेका थिए ।

शान्ति प्रक्रियापछि राई आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट सभासद बनेका थिए ।

राई माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि समेत बनेका थिए । २०७४ को निर्वाचनमा तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए। त्यसबेला उनी ६० हजार धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : ५४ बजे

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन’

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको