कोप-२९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति | Khabarhub Khabarhub

कोप-२९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप-२९ ले विकासोन्मुख देशका लागि विकसित देशले तीन सय अर्ब अमरेकी डलर सहयोग गर्ने सहमति पारित गरेको छ।

जलवायु परिवर्तनको पक्षमा आफै काम गर्न असमर्थ रहने विकासोन्मुख र कमजोर देशको पक्षमा शनिबार साँझ यो निर्णय भएको हो।

अहिले प्रतिबद्धता जाहेर गरिएको रकम सरकारी अनुदानका साथै निजी क्षेत्र, बैङ्क र अन्य निकायबाट पनि आउन सक्ने सम्भावना प्रबल रहेको जनाइएको छ। सम्मेलनमा ११ नोभेम्बरमा सुरु भएको थियो।

यो सहमतिले जलवायु परिवर्तनका लागि संसारका सबे देश सहकार्य गर्न तयार रहेको देखिएको छ। तथापि धनी देश आफै पनि यस समस्यासँग जुधिरहेको समयमा अन्य देशलाई गर्ने सहयोगको प्रभावकारिताको बारे भने शङ्का उत्पन्न भएका छन्।

दुई साता लामो बाकु सम्मेलन बहिस्कार, विवाद र जीवाश्म इन्धनको प्रयोग र यसले ल्याएको समस्यामा केन्द्रित भएको थियो। अन्तिम समयमा पनि भएको विवादका कारण निर्धारित भन्दा ३० घण्टा ढिला सम्पन्न भएको सो सम्मेलनको अन्त्यमा करिब दुई सय देशले सहमति जुटाएका हुन्।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : १५ बजे

हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट

जुम्ला– यहाँका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२-८३ का

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को

आन्तरिक उत्पादन बढाउनेगरी राजस्व नीति बनाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा

डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक, 

अमरगढी– डडेल्धुराका सात वटै स्थानीय तहले मंगलबार आर्थिक वर्ष २०८२/८३ का