महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन : हाई प्रोफाइलका नेताको परीक्षा « Khabarhub

महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन : हाई प्रोफाइलका नेताको परीक्षा


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सत्ता सहयात्री दलहरूले नेकपा एमालेलाई बहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि बितेको छैन ।

सोही क्षेत्रको रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ । एक महिना अगाडि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरू सुरु भएको छ ।

यद्यपि सोही क्षेत्रका सङ्घीय सांसद् महेन्द्र यादवले तत्कालिन समयमा विकासको लागि साझा मोर्चा भएको तर चुनावी गठबन्धन नभएको प्रस्ट बनाएका थिए ।

नेता यादवले भनेजस्तै अहिले वडा नं.२ मा सबै दलहरूले एक्ला एक्लै आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । यसले उक्त गठबन्धन चुनावी एजेन्डा थिएन भन्ने प्रमाणित भएको छ तर  चुनावी नतिजाको आकलनका सम्बन्धमा भने महोत्तरी राजनीतिवृतमा आफ्नै विश्लेषण सुरु भएका छन् ।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादवको वडा भएको हुनाले पनि यो वडाको उपनिर्वाचन चर्चामा रहेको हो ।

उक्त वडाका वडा अध्यक्ष मुकेश यादवको सडक दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचनलाई विशेषतः मन्त्री यादवले एमाले उम्मेदवार जिताउन आफ्नो राजनीति प्रतिष्ठाको लडाई समेत बनाएको देखिन्छ ।

मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ । उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ ।

नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन् ।

कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपाबाट उम्मेदवार बनेका थिए । उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेको उम्मेदवार कादिर हुसैन चौथो स्थानमा थिए । तर यो उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा हुने स्थानीयहरूले आकलन गरेका छन् ।

नेकपा एमालेका नेता सरोज यादव आफ्नो गृह वडा भएको र जित्नैपर्ने चुनौतिकाविच चुनावी रणनीतिक मोर्चामा छन् । यता संगठनिक मत दरिलो भएको माओवादी केन्द्र सहानुभूति र लोकप्रिय मत समेत आफूहरूको भएको दाबी सहित मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस भएको तर एमाले अझै  प्रतिस्पर्धी नभएको आकलन गरिरहेको छ ।

राजनीतिक प्रतिष्ठाको लडाई र महिला उम्मेदवार त्यो पनि मृतक वडा अध्यक्षका अधुरो कामहरूलाई पूरा गर्न श्रीमती नै चुनावी मोर्चामा होमिनुले यति वेला महोत्तरीमा माओवादी केन्द्र र नेकपा एमालेको नै चर्चा छ ।

नेकपा एमालेले भने एक महिना अगाडि वनेको क्षेत्रीय गठबन्धनले कतै निर्वाचनमा काम गर्ने त हैन भन्ने पनि आशङ्का गरेको छ ।

अचम्म लाग्दो त प्रतिस्पर्धामा माओवादी केन्द्र कि आईतीदेवि यादव बाहेक सबै प्रतिस्पर्धीहरू मुस्लिम समुदायबाट छन् । टेङ्गर स्थित उक्त वडामा  अहिले ५०% प्रतिशत मुस्लिम समुदायको नै वाहुल्यता छ । यसरी मुस्लिम समुदायका उम्मेदवार नै उम्मेदवार हुँदा मत विभाजन हुने र आईतिदेवीलाई यो थप जित्ने आधार बन्ने कतिपयले विश्लेषण गरेका छन् ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।  न्युज कारखाना 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : २८ बजे

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको