उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी « Khabarhub

उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठनको तयारी गरेको छ । अघिल्लो हप्ता बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक)को ५३औँ बैठकले  आयोग गठनको तयारी गर्न निर्देशन दिएको हो । 

‘सार्वजनिक प्रशासनलाई कम खर्चिलो, ठिक आकारको, जवाफदेही र सक्षम बनाउन नियुक्ति, सरुवा, बढुवा, पदस्थापना, अधिकार प्रत्यायोजन, कार्यसम्पादन मूल्यांकन, अध्ययन तालिमलगायत समग्र वृत्ति विकास चक्रका प्रणालीमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गरी शासकीय सुधारको सिफारिसका लागि उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक प्रक्रिया अगाडि बढाउने’, एनडेकको ५३ औँ बैठकको निर्णयमा उल्लेख छ । 

त्यस्तै, सरकारले लागू गरेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन योजनाअनुसार माध्यमिक तहको प्रारम्भिक कक्षा अर्थात् कक्षा नौ को रजिष्ट्रेसन शूल्क नलिने प्रबन्ध तीन महिनाभित्र मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ । मौजुदा वन नियमावली संशोधनका लागि तीन महिनाभित्र मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न पनि एनडेकले निर्देशन दिएको छ ।

निजी क्षेत्रको लगानीबाट कार्यान्वयन हुने आयोजनामा वन क्षेत्रको जग्गा उपयोगका लागि राष्ट्रिय योजना आयोगको सिफारिस आवश्यक नपर्ने व्यवस्थाका लागि ‘आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८०’ मा भएका प्रावधान संशोधन गर्न बैठकले निर्देशन दिएको छ ।

यस्तै, सङ्घीय समपूरक तथा विशेष अनुदान सम्बन्धी मौजुदा कार्यविधि संशोधनका लागि तीन महिनाभित्र मस्यौदा तयार पारी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय पनि एनडेकले गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ४ : ३६ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा