युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा ड्रोन हमला « Khabarhub

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा ड्रोन हमला


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन्  । रूसले गत हप्ता युक्रेनमा  नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।  

युक्रेनको डिफेन्स इन्टेलिजेन्सको अपरेसन परिणाम स्वरूप, रूसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ  ।  

कालुगाका रूसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा औद्योगिक उद्यम मासमेत आगलागी भएको पुष्टि गरेका छन्।

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रूसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ ।

यसै क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रूसी मध्य–दूरी मिसाइल प्रणाली मध्ये एक रहेको बताउँदै त्यस्ता थप परीक्षणहरू गर्ने वाचा गरेका छन् ।  

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : ४४ बजे

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ