शान्ति वार्ता चलिरहँदा इजरायली आक्रमण जारी « Khabarhub

शान्ति वार्ता चलिरहँदा इजरायली आक्रमण जारी


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – अहिले अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै गर्दा इजरायलको आक्रमण भने जारी छ। गएको २४ घण्टामा लेबनानमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ।

गाजामा समस्या अझ थपिएको छ। हावा र हुरीको कारणले विस्थापितका १० हजार पाल पनि नासिएका छन्। यसरी पाल भत्किएपछि त्यहाँको दर्दनाक दृश्य बाहिर आउन थालेका छन्। यसैबिच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले उत्तरमा रहेको कमल आडवा अस्पतालमा गरेको आक्रमणको निन्दा गरेको छ।

समाचारका अनुसार पछिल्लो समय इजरायली क्याबिनेटमा युद्ध विरामका बारे छलफल भएको छ। अहिलेको वार्ताको विषय संयुक्त राष्ट्र सङ्घीय रिसोलुसन १७०१ सँग सम्बन्धित छ।

यस अनुसार हिजबुल्लाहले लेबनानको लिटानी नदीको उत्तरबाट सेना हटाउनुपर्ने छ। यसैगरी त्यसबाट दक्षिणी भागमा लेबनानी सेना रहन सक्ने छन्। यसबाट इजरायलको सुरक्षामा कुनै खतरा हुने छैन।

युद्ध विरामअघि बढी रहेको समयमा अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्याहु र पूर्व रक्षा मन्त्री युसुफ गालान्टको वारेन्ट पत्रका बारे छलफल हुन नै बाँकी छ। फ्रान्स लगायत देशले त्यसको समर्थन गरी सकेका छन्। अहिलेको वार्ता भने अमेरिकी दूत र इजरायलको पक्षमा भइरहेको छ । यसपछि नै साउदै अरेबियाको पनि मध्यस्थतामा वार्ता हुने जनाइएको छ।

सोमबार संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत डेनी डानोनले पनि वार्ताको धेरै नजिक पुगिसकेको जनाएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : २३ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा