प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर बालुवाटार पुगे‍का विप्लवले मंसिर १७ देखि हुने चीन भ्रमणबारे चासो राखेका छन् ।

विप्लव र प्रकाण्ड दुवैजना नेताले प्रधानमन्त्री ओलीलाई नेपालमा अहिले भइरहेको विरोधलाई देखेर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहितका परियोजना कार्यान्वयनमा लैजाने प्रक्रियामा रोकिन नहुने सुझाएका छन् । उनीहरूले नेपालमा भएको केही विरोधका स्वरले बीआरआईलाई रोकेर राखिरहन नहुने बताएका हुन् ।

दुवै नेताले बीआरआईसहितका चिनियाँ परियोजनालाई लिएर नेपाल भइरहेको विरोधका उद्देश्य प्रष्ट रहेको बताउँदै त्यसमा ध्यान नदिई कार्यान्वयनतर्फ अघि बढ्न भनेका हुन् ।

उनीहरूले ओलीलाई राष्ट्रहित हेरेर निर्णय लिन सुझाव दिए । भेटघाटपछि नेता प्रकाण्डले नेपालमा भइरहेको विरोधलाई देखाएर बीआरआईसहितका परियोजना अघि बढाउने कुरामा चीन गएर खुट्टा नकमाउन ओलीलाई सुझाव दिएको बताएका छन् ।

भेटका क्रममा विप्लवले ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियामा फर्किने गरी भएको तीन बुँदे सहमति कार्यान्वयनको अवस्था पनि स्मरण गराएका छन् ।

शान्तिपूर्ण राजनीतिमा आउनुअघि विप्लव नेतृत्को नेकपा र तत्कालीन ओली सरकारबीच तीन बुँदे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : २० बजे

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र