प्राधिकरण बोर्डले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने « Khabarhub

प्राधिकरण बोर्डले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा आज लाइन नकाटिने भएको छ ।

महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ ।तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।

१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो ।

तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणले जनाएको छ । महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने बताए ।

उनका अनुसार, आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ । यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ११ : ३१ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक