सौर्यको जहाज दुर्घटनाका पीडितले न्याय माग्दै गुहारे संसदीय समिति « Khabarhub

सौर्यको जहाज दुर्घटनाका पीडितले न्याय माग्दै गुहारे संसदीय समिति


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार महिनाअघि भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारले न्यायका लागि संसदीय समिति गुहारेका छन् ।

घटना भएको चार महिना बित्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले बुधबार संघीय संसद्को अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दर्ता गराएका हुन् ।

समितिका सभापति राजकिशोर यादव समक्ष लिखित उजुरी दिँदै खतिवडाले कानुनले दिएको अधिकार प्रयोग गरी सौर्य एयरलाइन्स, नेपाल नागरिक उड्यन प्राधिकरण, प्रभु इन्स्योरेन्स, नेपाल बीमा प्रधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको नीजी सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयमा लिखित दिएको उनले बताए ।

तर ती कुनै पनि निकायले उत्तरदायित्व बहन नगरेपछि संसद्को अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितीलाई गुहार्न बाध्य भएको उजुरीपत्रमा उल्लेख छ ।

खतिवडाले उजुरीमा सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापन पक्षको जानाजान लापरबाही, प्राविधिक त्रुटि र मानवीय कमजारी रहेको जनाउँदै १८ जनाको ज्यान गएको प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

उजुरीमा सौर्य व्यवस्थापन पक्षले १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरी प्रिजा खतिवडालाई फर्जी कागजात तयार गरी एयरलाइन्सको कर्मचारी बनाएर गैरकानुनी काम गरेको दावी गरिएको छ ।

उजुरीमा दुर्घटनाग्रस्त उक्त जहाजको उडान नै गैरकानुनी भएको, सरकारी जाँच आयोग विधि मिचेर बनाइएको, प्रारम्भिक प्रतिवेदनसमेत नियोजित रहेकोले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम २३ बमोजिम निष्पक्ष आयोग गठन गरि घटनाको पुनःजाँच गर्न गराउन खतिवडाले माग गरेका छन् ।

उजुरीपत्र बुझ्दै सभापति यादवले यसलाई समितिको बैठकमा राखेर पीडितलाई न्याय दिलाउन पहल गर्ने आश्वासन दिएका छन् ।

सौर्य एयरलाइन्सको जाहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाका छोरी-ज्वाइँ र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाइलट मनिष शाक्य बाँच्न सफल भएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ५६ बजे

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ

प्रकाशित भयो एसईई नतिजा, उत्तीर्ण भए ६५.९८ प्रतिशत विद्यार्थी

काठमाडौँ । एसईई नतिजा प्रकाशित भएको छ । यसवर्ष ६५

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता