डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित « Khabarhub

डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लण्डन – डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै बोरुसिया डर्टमन्डले युरोपेली च्याम्पियन्स लिगको राउण्ड अफ १६ प्रवेशको सम्भावना बलियो बनाएको छ।

डर्टमन्डले पहिलो चरण सुपर एटमा रहँदै सिधै राउन्ड अफ १६ मा प्रवेशको सम्भावना बलियो बनाएको हो। पाँच चरणको समाप्तिमा डर्टमन्ड १२ अंकसहित चौथो स्थानमा छ।

गएराति भएको खेलमा डर्टमन्डले ४१ औं मिनेटमा जेमी गिटेनको गोलमा अग्रता लिएको थियो। २० वर्षीय इङ्लिस खेलाडी गिटेनले टप कर्नरमा आकर्षक प्रहार गर्दै गोल गरेका थिए। यो सिजनको च्याम्पियन्स लिगका पाँच खेलमा उनको यो चौथो गोल हो।

५६ औँ मिनेटमा रेमी बान्सेबैनीको हेड गोलमा डर्टमन्डले अग्रता फराकिलो बनाएको थियो। खेलको अन्त्यमा सचेए गुरेसीले थप एक गोल गरेका हुन्। रेड स्टार बेलग्रेडले भने पहिलो जित हात पारेको छ। बेलग्रेडले घरेलु भूमिमा भएको खेलमा जर्मन क्लब स्टुगार्टलाई ५-१ ले हराएको हो।

घरेलु भूमिमा बेनफिकासँग ३-२ ले पराजित भए पनि बेनफिकालाई भने ठुलो धक्का लागेको छ। मोनाको १० अङ्क सहित तालिकाको आठौँ स्थानमा छ भने बेनफिकाको ९ अङ्क छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ३९ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको