गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू) | Khabarhub Khabarhub

गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमा अवतरणपछि निकाल्ने क्रममा उनका समर्थक र कार्यकर्ताले नाराबाजी पनि गरे ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । कात्तिक २ गते पक्राउ परेपछि स्थलमार्गबाट पोखरा लगिएका रविलाई फर्काउँदा भने जहाज प्रयोग गरिएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई पोखरा लगिएको ४१ दिनपछि  काठमाडौं ल्याइएको हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई बुद्ध एयरको अहिले साढे ५ बजेको उडानमार्फत् काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा लगिएको छ ।

उता रविका साझेदार जोशीलाई प्रहरीले सातअघि काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ३७ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन