आकाशे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी « Khabarhub

आकाशे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ ।

विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । 

वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्यांकीमा जम्मा गरिएको छ । उक्त संस्थाको १२ लाख र विद्यालयको एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो । 

उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेको छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खानेपानीको समस्या छ । स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।  

चार हजार आठ सय ९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र छ ।

 सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र भएको हो । 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ३४ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड