बारामा प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउन्टर « Khabarhub

बारामा प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउन्टर


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभु बैंकले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा बैंकको एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको हो ।

बैंकको एक्स्टेन्सन काउण्टर उद्घाटन गर्दै नेपाल आयल निगम अमलेखगञ्जका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले अब पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गर्दै बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।

एक्स्टेन्सन काउण्टर सञ्चालनसँगै अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।

बिहीबारदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ४६ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ