भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ « Khabarhub

भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ

प्रहरीसँगको बयानमा फुयलले भने- प्रसाईंकै निर्देशनअनुसार गरेको हुँ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंका एकजना विश्वास पात्र नवीन प्रधानका नामले चिनाउने हरिचन्द्र फुयललाई झापाबाट पक्राउ गरेर ल्याएको हो ।

भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीका एसपी एवम् प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

३६ वर्षीय उनको घर पाँचथरको साविक मौवा गाउँ विकास समिति-६ हो । उनी हाल झापाको मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीमा बस्दै आएका थिए ।

‘यही मंसिर १३ गते बेलुकी झापाको मेचीनगर नगरपालिका-१३ चारआलीबाट यस ब्यूरोको टोलीले पक्राउ गरी ल्याई प्रारम्भीक अनुसन्धान गर्दा निज प्रतिवादीले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईंको निर्देशनमा गरेको बताएका छन्’, बोगटीले भनेका छन्, ‘निज यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको छ ।’

उनका अनुसार भारतीय अपराधिक समूह लोरेन्स बिश्नोई समूहको सदस्यसमेत रहेका उनले विभिन्न व्यापारीलाई फोन गरेर धम्क्याउने गरेको खुलेको छ ।

नेपाली व्यापारीहरूलाई तर्साउने, रकम उठाउने र आपराधिक काममा युवा परिचालन गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको भेटिएको बोगटीले बताए ।

केही समयअघि बिश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चारजना व्यवसायीहरूले सीआईबीमा उजुरी दिएका थिए ।

प्रधानले नेपाली व्यापारीहरूलाई धम्क्याउन भारतीय र यूएईको दुबईका नम्बर प्रयोग गर्थे । तिनै फोनका आधारमा उनैले धम्की दिएको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४४ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा