भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ « Khabarhub

भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ

प्रहरीसँगको बयानमा फुयलले भने- प्रसाईंकै निर्देशनअनुसार गरेको हुँ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंका एकजना विश्वास पात्र नवीन प्रधानका नामले चिनाउने हरिचन्द्र फुयललाई झापाबाट पक्राउ गरेर ल्याएको हो ।

भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीका एसपी एवम् प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

३६ वर्षीय उनको घर पाँचथरको साविक मौवा गाउँ विकास समिति-६ हो । उनी हाल झापाको मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीमा बस्दै आएका थिए ।

‘यही मंसिर १३ गते बेलुकी झापाको मेचीनगर नगरपालिका-१३ चारआलीबाट यस ब्यूरोको टोलीले पक्राउ गरी ल्याई प्रारम्भीक अनुसन्धान गर्दा निज प्रतिवादीले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईंको निर्देशनमा गरेको बताएका छन्’, बोगटीले भनेका छन्, ‘निज यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको छ ।’

उनका अनुसार भारतीय अपराधिक समूह लोरेन्स बिश्नोई समूहको सदस्यसमेत रहेका उनले विभिन्न व्यापारीलाई फोन गरेर धम्क्याउने गरेको खुलेको छ ।

नेपाली व्यापारीहरूलाई तर्साउने, रकम उठाउने र आपराधिक काममा युवा परिचालन गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको भेटिएको बोगटीले बताए ।

केही समयअघि बिश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चारजना व्यवसायीहरूले सीआईबीमा उजुरी दिएका थिए ।

प्रधानले नेपाली व्यापारीहरूलाई धम्क्याउन भारतीय र यूएईको दुबईका नम्बर प्रयोग गर्थे । तिनै फोनका आधारमा उनैले धम्की दिएको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४४ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर