कीर्तिपुरमा माओवादीका शिवशरण र स्वतन्त्र राजमानलाई स्पष्टीकरण « Khabarhub

कीर्तिपुरमा माओवादीका शिवशरण र स्वतन्त्र राजमानलाई स्पष्टीकरण


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले कीर्तिपुर नगरपालिको उपनिर्वाचनमा मेयर पदका दुईजना उम्मेदवारलाई शुक्रबार स्पष्टीकरण सोधेको छ ।

आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) लाई स्पष्टीकरण सोधेको हो ।

दुवै उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले खबरहबलाई बताएका छन् ।

आयोगका अनुसार दुवैजना उम्मेदवारलाई आयोगको अनुमगन टोलीले गरेको सिफारिसका आधारमा स्पष्टीकरण सोधिएको हो ।

दुवैजनाले मौनअवधिभन्दा अगाडि नै आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ । कीर्तिपुर नगरपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा १९ जना प्रतिस्पर्धामा छन् । त्यहाँ वडा नम्बर ४ र १ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ०४ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको