रामेछाप दुर्घटना अपडेट : चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु « Khabarhub

रामेछाप दुर्घटना अपडेट : चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुदाँ चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बेतालीतर्फ आउँदै गरेको ना१ज ७१२३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए  ।

दुर्घटनामा जीप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य तीन जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् : 

रामेछापमा जीप दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : २१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी